+
+

नेपाल आइन् मनीषा

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २१ गते ९:१०

नायिका मनीषा कोइराला नेपाल आएकी छिन् । उनी मंगलबार बेलुकी बेलहिया नाकाबाट नेपाल भित्रिएकी हुन्। सिमानामा आइपुगेपछि उनलाई नेपाली सेनाको टोलीले पिकअप गरेको थियो । सीमामा मनीषा र उनको परिवार लामो समय रोकिएन । बेलहिया नाकाबाट आएका उनीहरू होटलमा क्वारेन्टाइनमा बस्नेछन् ।

नायिका मनीषा कोइराला एक ट्विटका कारण भारतीय मिडियाको निशानामा परेकी थिइन्। नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गर्दै नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय गरेपछि मनीषाले गरेको एक ट्विट भारतीय सञ्चारमाध्यमको निशानामा परेको थियो।

मनीषाले अब यो मुद्दालाई नेपाल, भारत र चीन मिलेर सुल्झाउनुपर्ने बताएकी थिइन् । यसपछि भारतीय सञ्चारमाध्यमले उनको ट्विटलाई लिएर ‘भारतको खाने, चीनको गुनगान गाउने’ भन्दै आलोचना गरेका थिए । मनीषाले भारतीय मिडियाको खबरमा अहिलेसम्म कुनै पनि प्रतिक्रिया दिएकी छैनन्।

मनीषा उनको परिवारसहित नेपाल आएकी हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?