Comments Add Comment

ब्राजिलमा २४ घण्टामा कोरोनाले मृत्यु हुनेको संख्यामा अहिलेसम्मकै धेरै

२१ जेठ, काठमाडौं । ब्राजिलमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) बाट अहिलेसम्मकै धेरै मानिसको मृत्यु भएको छ ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ब्राजिलमा कोरोना भाइरसको कारण एक हजार २६२ जनाको मृत्यु भएको छ । यससँगै ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३१ हजार १९९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ब्राजिलमा २८ हजार ९३६ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । यससँगै ब्राजिलमा कोरोना भाइरसका संक्रमितको संख्या पनि पाँच लाख ५५ हजार ३८३ पुगेको छ ।

पेन अमेरिकन हेल्थ अर्गनाइजेशन (पीएएचओ)ले ब्राजिलले अहिलेसम्म कोरोना भाइरस नियन्त्रणका लागि पर्याप्त कदम नउठाएको भन्दै सरकारको आलोचना गरेको छ । साथै पीएएचओले अहिले कोरोना भाइरस नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध खुकुलो नपार्न पनि चेतावनी दिएको छ .

पीएएचओले ब्राजिलका आदिवासीमा देखिएको जोखिमबारे पनि चिन्ता व्यक्त गरेको छ । उनीहरुलाई थप निगरानी आवश्यक रहेको पीएएचओको भनाइ छ । अमेजन क्षेत्रमा अवैध उत्खननले पनि आदिवासीमा कोरोना भाइरसको जोखिम बढाएको पीएएचओले बताएको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment