+
+

तरकारी र फलफूल रोक्ने निर्णयबाट पछि हट्यो पोखरा

विकास रोकामगर विकास रोकामगर
२०७७ जेठ २१ गते ११:५४

२१ जेठ,काठमाडौं । कास्कीबाहेकका जिल्लामा उत्पादित तरकारी तथा फलफूल आयात रोक्ने निर्णयबाट पोखरा महानगरपालिका पछि हटेको छ । कोरोना सुरक्षाको निश्चित मापदण्ड र शर्त पूरा गरेका तरकारी तथा फलफूलको आयात नरोक्ने निर्णय भएको महानगरले जनाएको छ।

चितवन र धादिङबाट आएको तरकारी नष्ट गरेको तथा बाह्य जिल्लाको तरकारी रोकेको भन्दै चौतर्फी आलोचना भएपछि मंगलबार महानगरले तरकारी तथा फलफूल रोक्ने निर्णय सच्याएको महानगरको कोरोना नियन्त्रण मूल समितिका सदस्य सचिव किरण कोइरालाले अनलाइनखबरलाई बताए ।

‘हाम्रै देशका विभिन्न ठाउँबाट आउने तरकारीलाई भने उत्पत्ति ठाउँ र पुर्‍याउने ठाउँबारे स्पष्ट लेखिएको कागजात भयो भने ल्याउन दिने निर्णय गरेका छौं,’ सदस्य सचिव कोइरालाले भने, ‘अब बुधबारबाट तरकारी आयात सजिलो हुन्छ ।’

यस्तै, महानरगरपालिकाले भारतबाट आउने तरकारीमाथिको प्रतिबन्ध भने कायमै राखेको जनाएको छ । तरकारी व्यवसायी दीपक श्रेष्ठले पनि बुधबारबाट तरकारी निर्बाध आयात गर्न दिने महानगरसँग सहमति भएको सुनाए ।

‘अब तरकारी ल्याउन पाउने भएका छौं, हेरौं कतिको समस्या हुन्छ,’ उनले भने । तरकारी तथा फलफुल आयातको अबरोध हटेपछि बजारमा अभाव पनि नहुने उनले दाबी गरे ।

अब विस्तारै पोखरामा तरकारीको मूल्य घट्ने पोखरा तरकारी तथा फलफुल व्यवसायी समिति सदस्य दुर्गा कँडेलले बताए । ‘आयातमा सहज भएपछि तरकारीको मूल्य पनि घट्छ, बुधबारबाट ६० रुपैयाँमा पाउने तरकारीहरु ३० रुपैयाँमै पाउनुहुन्छ,’ उनले भने, ‘तर, यदाकदा फुटकर व्यवसायीमाथि भने निरन्तर अनुगमनको जरुरी छ ।’

पोखरा महानगरको कोरोना नियन्त्रण मूल समितिको जेठ १० गते बसेको बैठकले बाहिरबाट आयात हुने तरकारी तथा फलफुलबाट कोरोना संक्रमण फैलिने सम्भावना भएको भन्दै आयात बन्द गर्ने निर्णय गरेको थियो ।

जेठ १५ गते महानगरको १५ वडामा स्थानीय र जनप्रतिनिधिकै अगुवाइमा ६ ट्रक तरकारी डोजर लगाएर पुरेपछि महानगरको चर्को आलोचना भएको थियो। बाहिरी जिल्लाबाट ल्याउने तरकारी आयात बन्द गर्ने निर्णयबाट महानगर १० दिनपछि फिर्ता भएको हो ।

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?