+
+
Shares

प्रकृतिमैत्री कृषिलाई बढावा दिन लुम्बिनीमा क्षेत्रीय सम्मेलन आयोजना

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २३ गते १०:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लुम्बिनी बौद्ध विश्वविद्यालयमा २३ देखि २५ चैतसम्म गहन पुनरुत्थानशील कृषिसम्बन्धी क्षेत्रीय सम्मेलन आयोजना भएको छ।
  • सम्मेलनमा नेपाल, भारत र भुटानका करिब १ सय २० जना किसान, अनुसन्धानकर्ता, नीति निर्माता र निजी क्षेत्रका सरोकारवालाहरू सहभागी छन्।
  • सम्मेलनले माटो, पानी, हावा र जैविक विविधताको पुनर्स्थापना गर्ने उपायहरूबारे छलफल गरी क्षेत्रीय घोषणापत्र जारी गर्नेछ।

२३ चैत, काठमाडौं । दिगो तथा प्रकृतिमैत्री कृषि प्रणालीको विकासमा केन्द्रित रहँदै लुम्बिनीमा महत्त्वपूर्ण क्षेत्रीय सम्मेलन आयोजना भएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयमा आजदेखि २५ चैतसम्म ‘गहन पुनरुत्थानशील कृषिसम्बन्धी क्षेत्रीय सम्मेलन’ आयोजना हुन लागेको हो ।

लुम्बिनी बौद्ध विश्वविद्यालय, नेपाल जीन बैंक, डब्लूडब्लूएन र डब्लूडब्लूएफ नेपालको संयुक्त आयोजना तथा रकफेलर फाउन्डेसनको आर्थिक सहयोगमा हुन लागेको यस सम्मेलनले कृषि प्रणालीमा रूपान्तरणकारी परिवर्तन ल्याउने विषयमा गहन विमर्श गर्ने लक्ष्य राखेको छ।

सम्मेलनमा नेपाल, भारत र भुटानका किसान, अनुसन्धानकर्ता, नीति निर्माता, शिक्षाविद् तथा निजी क्षेत्रका करिब १ सय २० जना सरोकारवालाहरूको सहभागिता रहनेछ। ‘रिजेनेरेटिङ फ्युचर्स’ शीर्षकमा हुने मुख्य मन्तव्यसहित सम्मेलनमा गहन पुनरुत्थानशील कृषि, कृषि जैविक विविधता संरक्षण, जलवायु अनुकूल अभ्यास र पर्या-आध्यात्मिक कृषि जस्ता सातवटा महत्त्वपूर्ण विषयमा छलफल हुनेछ ।

आधुनिक कृषिले बढाएको माटोको क्षय र जैविक विविधताको ह्रास जस्ता चुनौतीलाई सम्बोधन गर्दै माटो, पानी, हावा र जैविक विविधताको पुनर्स्थापना गर्ने उपायहरूबारे सम्मेलनमा विशेष जोड दिइने छ।सम्मेलनमा कार्यपत्र प्रस्तुति, प्यानल छलफल, प्रदर्शनीका साथै ‘बुद्ध थाली’ सहित स्थानीय खाद्य परिकारमार्फत सजग भोजनको अभ्यासलाई समेत प्रवर्द्धन गरिनेछ ।

सम्मेलनको अन्त्यमा स्थानीय जैविक विविधता संरक्षण, सहकार्य अभिवृद्धि र नीतिगत सुधारका लागि प्रतिबद्धतासहित एक क्षेत्रीय घोषणापत्र जारी गरिने आयोजकले जनाएको छ । यो सम्मेलन हिमाली क्षेत्रका आनुवंशिक स्रोतहरूको संरक्षणका लागि ‘हिमालयन बिज कोष’ स्थापनाको सम्भावना खोज्न समेत महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?