+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

मन्त्रालयले भन्यो– किसानको मनोबल खस्काउने काम भयो

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २० गते १६:३५

२० जेठ, काठमाडौं । एक जिल्लामा उत्पादन भएकाे तरकारी तथा फलफूल अर्को जिल्लामा बिक्री वितरण गर्न नदिई नष्ट गरिएको घटनाप्रति कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गम्भीर चासो व्यक्त गरेको छ ।

कृषि सचिव राजेन्द्रप्रसाद भारीले एक विज्ञप्ति जारी गर्दै स्वदेशी उत्पादन नष्ट गरेर किसानको मनोबल खस्काउने काम नर्गन सबैलाई अपिल गरेका छन् । ‘स्वास्थ्यको मापदण्ड पालना गर्दै कृषि सामग्री तथा उपजहरुको ढुवानी तथा बिक्री वितरण सुचारु राख्न मन्त्रालयले गरेको पटक पटकको आग्रह अटेर गरी कृषि उपज नष्ट भएकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ मन्त्रालयले भनेको छ ।

कृषि उपज नष्ट गर्ने कार्यले कृषकको मनोबल खस्कने, उत्पादन घट्ने र पुनः आयातकै भर पर्नु पर्ने अवस्था आउन सक्ने भन्दै मन्त्रालयले यस्तो कार्य नगर्न सबै पक्षलाई आग्रह गरेको हाे ।

कृषि उपज ढुवानी, वितरण र बिक्री कार्यमा सहज वातावरण बनाईदिन कृषि मन्त्रालयले अन्य मन्त्रालयसँग आग्रह समेत गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?