+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

गृहलाई कृषि मन्त्रालयको पत्र-कृषि उपज नष्ट गर्नेलाई कारवाही होस्

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २० गते १९:४०

२० जेठ, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि कोरोना सर्ने भन्दै उपज नष्ट गर्नेमाथि कारबाही गर्न गृह मन्त्रालयलाई पत्र पठाएको छ । मंगलबार पत्र पठाउँदै कृषि मन्त्रालयले कृषि उपजको उत्पादन, ढुवानी र बजारमा अवरोध गर्नेमाथि कारबाहीको माग गरेको छ ।

यसअगाडि पटक-पटक आग्रह गरिएपनि कृषि उपजको उत्पादन, ढुवानीमा अवरोध भएको भन्दै कृषि मन्त्रालयले गृह मन्त्रालयलाई पत्र नै लेखेको छ । कृषि उपज नष्ट गर्ने अवान्छित क्रियाकलापले कृषकहरुको उपज खेर जाने मात्र नभई मनोबल खस्कने, उत्पादन घट्ने र खाद्य वस्तुको आपूर्ति शृङ्खला अवरुद्ध हुन गई खाद्य संकटको अवस्था हुन सक्नेछ’, पत्रमा उल्लेख छ ।

कपिलवस्तुबाट अर्घाखाँची ढुवानी भएको तरकारी कोरोना सर्ने भन्दै प्रमुख जिल्ला अधिकारीकै निर्देशनमा नष्ट गरिएको छ । कास्कीमा पनि त्यस्तै काम भएको छ । उक्त कार्यको सञ्चार माध्यम एवम् सामाजिक सञ्जालहरुमा तीव्र बिरोध भइरहेको छ ।


कृषि मन्त्रालयले कृषि उपज नष्ट गर्ने कार्यमा संलग्नलाई कारवाही गर्दै सहज रुपमा ढुवानी र बिक्री वितरणको व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिन आग्रह गरेको छ ।
पत्रमा भनिएको छ, ‘बन्दाबन्दीको कारणले कृषिजन्य वस्तुहरुको उत्पादन एवम् ढुवानीको कार्य सुचारु हुन नसकेको तथाकतिपय स्थानीय तहहरुले देशभित्रकै अन्य स्थानबाट ढुवानी भएका कृषि तथा पशुजन्य उत्पादन आफ्नो क्षेत्रमा प्रवेश गर्न नदिने र ढुवानी भएका सामग्रीहरु जफत गरी नष्ट गरिदिने जस्ता कार्यहरु गरेको देखिन्छ ।’

अर्घाखाँचीमा जस्तै पोखरा महानगरपालिकाले पनि अन्यत्रबाट आएको तरकारी रोक लगाएको छ । कर्णाली प्रदेशले त अरु ठाउँबाट सबै खाद्य वस्तु रोक लगाउने निर्णय नै गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?