+
+
Shares

रुकुम घटनाले हाम्रो सामाजिक संरचनाको खोट उजागर गर्‍यो : मन्त्री ज्ञवाली

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २१ गते ११:५८

२१ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले रुकुमको सोतीमा भएको हत्या घटनाले हाम्रो सामाजिक संरचना नै खोटपूर्ण देखाएको बताएका छन् ।

‘हालै रुकुममा घटित विभत्स घटनाले हाम्रो सामाजिक संरचनामा निहित गम्भीर खोटहरू उजागर गरेको छ,’ मन्त्री ज्ञवालीले बुधबार छुवाछुतविरुद्धको राष्ट्रिय दिवसको अवसरमा टि्वटरमा लेखेका छन्, ‘राजनीतिक रुपमा उच्च रहेको हाम्रो परिवर्तनको सामाजिक-सांस्कृतिक धरातल कमजोर छ भन्ने स्पष्ट पारेको छ ।’

जेठ १० गते रुकुमको सोतीमा जाजरकोटका नवराज विकसहित ६ जनाको हत्याको भएको थियो ।

नेपाल कम्युनिष्टस्ट पार्टी (नेकपा) का नेता समेत रहेका मन्त्री ज्ञवालीले दलित समुदायमाथि छुवाछुतजन्य विभेद र हिंसाका घट्ना भइरहनुलाई संघीय लोकतान्त्रिक गणतन्त्रका लागि नै चुनौति भएको उल्लेख गरेका छन् ।

छुवाछुत जस्तो मानवतामाथिको कलंकलाई कानूनी रुपमा मात्रै होइन व्यवहारमै निर्मूल गर्न पनि उनले आव्हान गरेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?