Comments Add Comment

आफ्नै घरमा फिल्म स्टुडियो बनाउँदै शोभित

निर्देशक शोभित बस्नेतले आफ्नै घरमा चलचित्र सुटिङ स्टुडियो बनाइरहेका छन् । थानकोटमा रहेको घरमा उनले सुटिङ स्टुडियो बनाइरहेका हुन् । शोभितले अनलाइनखबरसँग भने-‘विगत ४ महिनादेखि आफ्नै घरमा सुटिङ स्टुडियो बनाउन सुरु गरेको हुँ । अबको दुई महिनामा काम सकिन्छ ।’

शोभितको थानकोटमा एक तलाको घर थियो । उनले २ तला थपेर स्टुडियो बनाइरहेका छन्। उनले अनलाइनखबरसँग भने-‘एक फ्ल्याटमा हामी परिवार बस्छौं। दुई वटा फ्ल्याट सुटिङका लागि प्रयोग हुनेछ।’ करिब एक करोडको लागतमा निर्माण भइरहेको सुटिङ स्टुडियोको अहिले फिनिसिङको काम भइरहेको उनले बताए ।

उनी भन्छन्–‘चलचित्रमा मध्यम वर्गीय परिवारको घर देखाउनु पर्‍यो भने हामीलाई समस्या छ । हामीले स्टूडियोको निर्माण सोही अनुसार गरेका छौं।’

शोभितले तयार पारिरहेको फिल्म सुटिङ स्टुडियोमा लिभिङ रुम, बार, रेस्टुरेन्ट, बाथरुम आदि छ । खिच्नका लागि पनि सहज हुने गरी स्टुडियो निर्माण भइरहेको उनले बताए । उनले भने–‘केही वर्ष पहिले यी सबै कुराहरू समावेश गरेर केही स्टुडियो तयार भएका थिए । अहिले ती सबै बन्द छन् । आशा छ हामीले बनाएको फिल्म सुटिङ स्टुडियोले त्यो आवश्यकता पूरा गर्नेछ ।’

नेपालमा सुटिङका लागि स्टुडियोहरुको अभाव छ । सरकारले बारम्बार बजेटमा सुटिङ स्टुडियो बनाउने बताए पनि काम सुरु हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment