Comments Add Comment

सुदूरपश्चिममा थप ५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७८ पुग्यो

२१ जेठ, कैलाली । सुदूरपश्चिममा थप ५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कैलालीका तीन जना र डाेटीका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको हो ।

नयाँ थपिएका मध्ये २० र २५ वर्षीय युवक कैलालीको गौरीगंगाका हुन् भने ५१ वर्षीय पुरुष धनगढी उपमहानगरपालिका-५ का हुन् ।

यस्तै, डोटीको पूर्वीचौकी-४ का २२ वर्षीय युवक  र वडानम्बर ७ का २५ वर्षीय युवक पनि कोरोना पुष्टि भएको छ ।

नयाँ थपिएका ५ जनासँगै सुदूरपश्चिममा संक्रमितको संख्या ७८ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment