+
+
Shares

एप्पलले पुनः रच्दैछ इतिहास, बन्दैछ विश्वकै पहिलो २० खर्ब डलरको कम्पनी

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २२ गते ९:५९

काठमाडौं । सन् २०१८ मा १० खर्ब डलर बजार मूल्य भएको विश्वकै पहिलो गैरसरकारी कम्पनी बन्दै इतिहास रचेको अमेरिकी कम्पनी एप्पलले पुनः अर्को कोशेढुंगा पार गर्दैछ।

एप्पल निकट भविष्यमै २० खर्ब डलर बजार मूल्य भएको विश्वको पहिलो कम्पनी बन्दैछ।

पछिल्लो समय कोरोना भाइरसको महामारीका कारण विश्वका धेरै कम्पनीहरूको अवस्थामा उतारचढाव आइरहेको छ र यसबाट एप्पल पनि अछुतो रहन सकेको छैन । तर यस्तो प्रतिकूलताका बाबजुद एप्पल कम्पनीको बजार मूल्यले निकट भविष्यमै २० खर्ब डलरको कोशेढुंगा पार गर्ने विश्लेषकहरूले अनुमान गरेका छन् ।

कल्टोफम्याकका चर्चित टेक एनालिस्ट अमित दर्यानानीले आफ्नो पछिल्लो अनुसन्धान प्रतिवेदनमा यस्तो दाबी गरेका हुन् । उनका अनुसार सन् २०२४ को सेप्टेम्बरसम्ममा एप्पलको बजार मूल्य २० खर्ब डलर पुग्नेछ। रिपोर्टअनुसार सन् २०२४ सम्ममा एप्पलको प्रतिसेयर आम्दानी २३ डलर सम्म पुग्नेछ ।

उनको प्रक्षेपण वार्षिक १४ प्रतिशत ईपीएस ग्रोथको मोडेलमा आधारित छ । सन् २०२० का लागि एप्पलको ईपीएस १२.७२ डलर हुने र आगामी चार वर्षमा त्यो दोब्बर हुने उनको भनाइ छ।

२० खर्ब डलर बजार मूल्यको अद्वितीय सफलता हासिल गर्ने क्रममा एप्पलले थप नयाँ क्षेत्रमा हात नहाल्ने र अहिलेकै आफ्नो मुख्य व्यवसायमा निरन्तर विस्तार गर्ने विश्लेषकको ठहर छ । एप्पलको दुईवटा मुख्य व्यवसाय क्लाउड/सफ्टवेयरका साथै एयरपड्स र एप्पल वाचजस्ता वेयरेबल ग्याजेटको क्षेत्रमा दुई अंकको वृद्धि हासिल हुने उनको प्रक्षेपण छ।

साथै एप्पलको हार्डवेयरको व्यवसायभन्दा सर्भिस सेक्टरको व्यवसायमा तीव्र वृद्धि हुने शोधकर्ता दर्यानानीले उल्लेख गरेका छन् । यी दुई क्षेत्रबाट एप्पलले आगामी केही वर्षसम्म वार्षिक क्रमशः ६० अर्ब एक खर्ब डलर आम्दानी गर्न सफल हुने अनुमान रिपोर्टमा गरिएको छ ।

–एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?