Comments Add Comment

मुख्यमन्त्री पोखरेलको प्रश्न : आफुखुशी बजार खोल्दा कोरोना फैलिए कसले जिम्मा लिने ?

२२ जेठ, काठमाडौं । ७० दिनभन्दा लामो लकडाउनपछि व्यापारीहरुले आफुखुशी व्यवसाय सञ्चालन गर्न थालेकामा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले असन्तुष्टि जनाएका छन् ।

उनले आफुखुशी बजार खोल्दा समुदायमा कोरोना भाइरस फैलिए कसले जिम्मेवारी लिने भनी प्रश्न गरेका छन् ।

क्वारेन्टिन र लकडाउनका कारण अहिलेसम्म कोरोना भाइरस (कोभिड १९) समुदायमा नफैलिएको पोखरेलको दावी छ ।

‘क्वारेन्टाइन र लकडाउनका कारण कोभिड १९ समुदायमा फैलिएको छैन।आफुखुसी बजारखोल्दा समुदायमा फैलिए त्यस्को जिम्मा कस्ले लिनेरु गम्भीर बनौुं उनले फेसबुकमा लेखेका छन् ।

सरकारले कोरोना भाइरस महामारी रोक्न चैत ११ देखि लकडाउनलाई निरन्तरता दिँदै आएको छ ।

तर पछिल्लो समय व्यवसायीहरुले लकडाउन हुँदा पनि कोरोना भाइरस संक्रमण रोकथाम नभएको र व्यवसाय खोल्ने सरकारसँग कुनै योजना नभएको भन्दै आफुखुशी पसल खोल्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment