Comments Add Comment

काठमाडौंमा रोकिएका भारतीय नागरिकको उद्धार

२२ जेठ, काठमाडौं । भारत सरकारले लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिकको उद्धार गरेको छ । उद्धार गरिएकामा धेरैजसो काठमाडौं न्युरोड क्षेत्रका सुन पसलमा कालिगढको काम गर्नेहरु रहेका छन् ।

उनीहरुलाई काठमाडौंस्थित भारतीय दूतावासले उद्धार गरी भारत पठाएको हो । लकडाउनका कारण काठमाडौंमा व्यापार व्यवसाय गर्ने भारतीय नागरिक, धार्मिक भ्रमणका लागि आएका, आफन्त भेटघाटका लागि आएकाहरुको पनि उद्धार गरिएको छ ।

उनीहरुलाई बसमार्फत भारततर्फ पठाइएको छ ।

दूतावासका अनुसार सम्पर्कमा आएका आफ्ना नागरिकलाई बस मार्फत लैजाने व्यवस्था गरिएको छ । भारत सरकारले यसअघि पनि नेपमालमा आई विभिन्न ठाउँमा रोकिएर बसेका आफ्ना नागरिकलाई उद्धार गरी प्लेनमार्फत स्वदेश फिर्ता लगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment