
२२ जेठ, काठमाडौं । गृह मन्त्रालयले तरकारी, फलफूललगायतका उत्पादन संकलन, ढुवानी र बिक्री, वितरणमा सहजीकरण गरिरहेको जनाएको छ । साथै, यसमा कसैले अवरोध सिर्जना गरे जो कोही दण्ड सजायको भागिदार हुनुपर्ने गृहले भनेको छ ।
यसबारे गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई बुधबारै परिपत्र पनि गरिसकेको छ । बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै गृहले बिक्री वितरणमा स्थानीय प्रशासनबाट कुनै पनि प्रकारको अवरोध नगर्न पुनः सचेत गराएको हो ।
सरकारबाट स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी गरेर आयात हुने तरकारी फलफूललाई ढुवानीमा सहजीकरण गर्न विज्ञप्तिमा भनिएको छ ।
‘कसैले यसको बर्खिलाप गरेमा प्रचलित कानून बमोजिम कडा कारवाही गर्न स्थानीय प्रशासनले कुनै पनि कसर बाँकी नराख्न समेत यसै विज्ञप्ति मार्फत अनुरोध गरिन्छ’, गृहले भनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4