+
+
Shares

लकडाउनमा मेरो त घरसँगै लभ पर्‍यो : किरण केसी

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २३ गते १२:३५

हास्य कलाकार तथा निर्माता किरण केसीले लकडाउनका कारण घरसँगै लभ परेको बताएका छन् । किरणले लकडाउनको अनुभव सुनाउँदै अनलाइनखबरसँग भने–‘मेरो त लकडाउनका कारण घरसँगै लभ पर्‍यो।

कला क्षेत्रमा लागेपछि बिहान उठेर निस्कने र बेलुकी घर फर्किने बानी थियो । यसैले घरभित्र म राम्रोसँग भिजेकै रहेनछु । तर, यसपटक घरमै बसेर काम गर्दा र परिवारसँग समय बिताउँदा मेरो त घरसँग नै लभ पर्‍यो।’

किरणले घरमा बस्दा नयाँ-नयाँ परिकार पकाउन सिकेको बताए । योसँगै किरणले लकडाउनको समयमा सामाजिक कामलाई पनि निरन्तरता दिएका थिए । उनले भने–‘मैले नगरपालिकाको माध्यमबाट १० हजार मास्क र सय बोरा चामल वितरण गरेँ । हजार जनाभन्दा बढीलाई खाना खुवाएँ ।’

लकडाउनको समयमा आफूले जिन्दगीलाई नयाँ तरिकाले जिउन सिकेको किरणको अनुभव छ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?