Comments Add Comment

इरानमा पुनः बढ्न थाल्यो कोरोना संक्रमण

२३ जेठ, काठमाडौं । इरानमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमितको संख्या पुनः बढ्न थालेको छ । यससँगै इरानमा दोस्रोपटक कोरोना भाइरसको महामारी फैलिन सक्ने जोखिम बढेको छ ।

इरानको स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार मुलुकमा कोरोना भाइरसका तीन हजार ५७४ नयाँ संक्रमित फेला परेका छन् । इरानमा लगातार तीन हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेको यो तेस्रो दिन हो ।

बुधबार ५९ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको थियो । यससँगै इरानमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि आठ हजार ७१ पुगेको छ । इरानका राष्ट्रपति हसन रौहानीले सबैलाई कोरोना भाइरसबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् । उनले सरसफाइमा मानिसहरुको ध्यान नदिएको र भौतिक दुरी कायम राख्ने नियम पालना नगरे मुलुकमा पुनः प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment