+
+
Shares

रुपन्देहीबाट कोरोना संक्रमित बिरामी काठमाडौंको टिचिङ अस्पताल पठाइयो

घरमै बसेकी महिलामा कोरोना संक्रमण

टोपराज शर्मा टोपराज शर्मा
२०७७ जेठ २३ गते १८:४१

२३ जेठ,बुटवल । रुपन्देहीको सैनामैनामा घरमै बसेकी एक महिलामा कोरोना संक्रमण देखिएको छ ।

पित्तथैलीमा समस्या लगायत दीर्घरोग रहेकी सैनामैना नगरपालिका वडा नं. १ कि ४८ वर्षकी महिलामा बिहीबार मात्रै कोरोना संक्रमण पुष्टि भएको हो ।

ज्वरो आउनेलगायत कोरोनासँग मिल्दो लक्षण देखिएपछि उनको स्वाब संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाइएको थियो । रिपोर्ट पोजेटिभ आएपछि कोरोना संक्रमित महिलालाई उपचारका लागि शुक्रबार काठमाडौंको पठाइएको छ ।

उनको परिवारमा श्रीमान् र २ छोरा छन् । ‘उहाँमा कसरी कोरोना स¥यो भन्ने खोजवीन शुरु भएको छ’ सैनामैना नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थीले भने, ‘दीर्घ रोग पनि भएकाले जटिलता नहोस् भनेर शिक्षण अस्पताल पठाएका हौं, त्यहाँ पुगेर भर्ना भइसक्नुभयो ।’

सैनामैनामा शुक्रबारसम्मको तथ्यांक अनुसार २४ जनामा कोरोना संक्रमण देखिएको छ । बिहीबार मात्रै सैनामैना १ बनकट्टामा रहेको क्वारेन्टिनमा बसेका १७ पुरुष र घरमै बस्दै आएकी उक्त महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

अन्य १७ जनामा कोरोनासँग मिल्दो कुनै लक्षण नदेखिएकाले सैनामैनाकै कोरोना विशेष अस्पतालमा उपचार भइरहेको स्वास्थ्य शाखा प्रमुख पन्थीले बताए ।

संक्रमित महिलाका परिवारलाई घरभित्रै सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको निगरानीमा राखिएको सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले जानकारी दिए ।

परिवारका तीनजना सदस्यको स्वाब शुक्रबार नै प्रयोगशालामा पठाइएको र महिलासंग सम्पर्कमा रहेका अन्यको कन्ट्याक्ट ट्रेसिङ गरी उनीहरुको पनि स्वाब संकलन गरी पीसीआर टेस्ट गरिने नगर प्रमुख कार्कीले बताए ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?