Comments Add Comment

एएफसीद्वारा विश्वकप छनोट खेल अक्टोबर र नोभेम्बरमा गर्न प्रस्ताव

२३ जेठ, काठमाडौं । एसियाली फुटबल  फेडेरेसन (एएफसी)ले फिफासँग परामर्श गर्दै फिफा विश्वकप कतार २०२२ र एएफसी एसियन कप चीन २०२३ को छनोट अन्तर्गत बाँकी रहेका खेलको लागि नयाँ मिति प्रस्ताव गरेको छ ।

यसअघि मार्च र जुनमा हुने तय भएका खेलहरु कोरोना भाइरस महामारीले गर्दा स्थगित भएको थियो ।

एएफसीले अब अक्टोबर र नोभेम्बरमा छनोट खेलहरु गर्ने प्रस्ताव गरेको छ । जसअनुसार म्याचडे ७ र ८ को खेलहरु अक्टोबर ८ र १३ मा हुनेछन् भने म्याचडे ९ र १० का खेलहरु नोभेम्बर १२ र १७ मा हुने एएफसीले जनाएको छ ।

छनोट अन्तर्गत समूह बी मा रहेको नेपालले घरेलु मैदानमा तीन खेल बाँकी छ । गत चैतमा अष्ट्रेलिया र चाइनिज ताईपेई विरुद्ध नेपालले घरेलु मैदानमा खेल्ने तय भएको खेल स्थगित भएको थियो । यी दुई राष्ट्रसँगै नेपालले जोर्डनसँग पनि घरेलु मैदानमा खेल्नेछ ।

यसै वर्ष नोभेम्बरसम्म विश्वकप र एसियन कपको संयुक्त छनोटको दोस्रो चरण सकाउने गरी यस्तो निर्णय गरिएको एएफसीले जनाएको छ ।

यसैगरी एसियन कपको अन्तिम चरणको छनोट र प्लेअफ खेलहरु २०२१ मार्चमा सकाउने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment