
२४ जेठ, पोखरा । स्याङ्जाको वालिङ नगरपालिकामा ८ नयाँ कोरोना संक्रमित भेटिएको पुष्टि भयो । योसँगै वालिङको क्वारेन्टाइनमा आइपुगेका १३ जनामा कोरोना संक्रमण पुष्टि भयो ।
वालिङमा भेटिएका नयाँ संक्रमित यसअघि नै कोरोना पुष्टि भइसकेकाहरुसँगै आएर सँगै क्वारेन्टाइनमा बसेका थिए । भारतबाट सँगै एउटै समूहमा आएर क्वारेन्टाइनको एउटै कोठामा बसेका थिए ।
भारतदेखि गएको जेठ १५ गते वालिङको क्वारेन्टाइनमा १९ जनालाई ल्याइएको थियो । त्यसमध्ये ३ जनामा कोरोना संक्रमण देखिएको थियो । त्यही समूहमा आएर सँगै क्वारेन्टाइनमा बसेका ७ जनामा शनिबार बिहान कोरोना संक्रमण पुष्टि भएका १९ जनाको समूहमा वालिङ नगरपालिका उपमेयर कल्पना तिवारीले जानकारी दिइन् ।
त्यसअघि ९ गते सुनौलीदेखि सँगै आएर क्वारेन्टाइनमा बसेका ७ जनामध्ये २ जनामा कोरोना संक्रमण देखिएको थियो । त्यही समूहमा आएकामध्ये थप एक जनामा शनिबार कोरोना संक्रमण पुष्टि भएको हो ।
‘नयाँ संक्रमित र पहिले नै देखिएका संक्रमित एउटै समूहमा आएर क्वारेन्टाइनमा बसेको सत्य हो,’ उपमेयर तिवारीले भनिन्, ‘उनीहरुको स्वाब टेस्ट गर्दा कोरोना देखियो ।’
क्वारेन्टाइनमा सँगै बसेका र पहिले पुष्टि भएको केही समयपछि अरुमा पनि कोरोना सरेको हुन सक्ने स्थानीयको आशंका छ । वालिङखेल मैदानस्थित विभिन्न समाजघरमा नगरपालिकाले क्वारेन्टाइन बनाएको छ ।
प्रतिक्रिया 4