Comments Add Comment

रोनाल्डो बने फुटबलको पहिलो अर्बपति

२४ जेठ, काठमाडौं । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो पहिलो बिलिनियर (अरबपति) फुटबलर बनेका छन् । उनी एक बिलियन कमाउने पहिलो फुटबल खेलाडी बनेका हुन् ।

फोर्ब्सले जारी गरेको सूचीमा रोनाल्डो सर्वाधिक कमाउने फुटबलरमा यस वर्ष टेनिसका रोजर फेडेररपछि दोस्रो स्थानमा छन् । फुटबलरतर्फ प्रतिस्पर्धी लिओनल मेसीलाई पछि पार्दै रोनाल्डो अगाडि छन् ।

रोनाल्डोले गत वर्ष कूल १०५ मिलियन डलर कमाइ गरेको थिए । फोर्ब्सका अनुसार उनको कुल कमाइ एक बिलियन पुगेको छ । खेल जीवनमै बिलिनियर बन्ने रोनाल्डो समग्रमा तेस्रो खेलाडी बनेका छन् । यसअघि गल्फर टाइगर उड्सले सन् २००९ मा र बक्सर फ्लोयद मेवेदरले सन् २०१७ मा खेलेर बिलिनियर बनेका थिए ।

फोर्ब्सले सार्वजनिक गरेको १०० सेलेब्रेटीको सूचीमा काइली जेनर र कान्य वेस्ट पछि रोनाल्डो तेस्रो स्थानमा छन् ।

३५ वर्षीय रोनाल्डोले १७ वर्षे फुटबल करियरमा खेलबाट मात्रै ६५० मिलियन डलर कमाएका छन् । उनको अहिलेको सम्झौताले उनको कूल कमाइ ७६५ मिलियन पुग्ने फोर्ब्सले जनाएको छ । हाल इटालियन क्लब युभेन्ट्समा खेल्ने रोनाल्डोको सम्झौता २०२२ सम्म छ ।

यस्तै रोनाल्डोभन्दा तीन वर्षपछि व्यावसायिक फुटबल खेल्न थालेका अर्जेन्टाइन सुपरस्टार मेसीले खेलबाट ६०५ मिलियन डलर कमाइ गरेका छन् ।

रोनाल्डो गत जनवरीमा इन्स्टाग्राममा २०० मिलियन फलोअर्स हुने पहिलो व्यक्ति बनेका छन् । सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा पनि उनी धेरै फलो गरिनेमा अगाडि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment