Comments Add Comment

बुण्डसलिगामा फ्रेइवर्गसँग मोन्चेनग्लाडबाक पराजित

२४ जेठ काठमाडौं । दोस्रो हाफमा मैदान प्रवेश गरेका निल्स पिटरसनले खेलको एक मात्र गोल गरेपछि जर्मन बुण्डेसलिगामा फ्रेयवर्गले बोरुसिया मोन्चेनग्लाडबाकलाई पराजित गरेको छ । फ्रेइवर्गसंग पराजित हुँदा मोन्चेनग्लाडबाकले तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ ।

फ्रेइवर्गको घरेलु मैदान स्वर्जवाल सटाडियोमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा फ्रेइवर्गले घरेलु मैदानमा एक गोल गर्‍यो ।

निल्स पिटरसन ५८औ मिनेटमा भिनसोन्जो ग्रिफोको पासमा गोल गरे । उनी एक मिनेटअघि मात्रै रोलान्डको स्थानमा मैदान प्रवेश गरेका थिए ।

६८औं मिनेटमा अलासाने प्लेअले रातो (दोहोरो पहेँलो) कार्ड खाँदै मैदान बाहिरिउपछि मोन्चेनग्लाडबाकले दश खेलाडिमा रहेर खेलेको थियो ।

हारपछि आरबी लाइपजिगलाई पछि पार्दै तेस्रो स्थानमा उक्लेन मौका गुमाएको मोन्चेनग्लाडबाक ३० खेलबाट ५६ अंकसहित चौथो स्थानमै यथावत छ । एक खेल कम खेलेको लाइपजिग ५८ अंकसहित तेस्रोमा छ । यस्तै एक खेल कम खेलेको बायर लेभरकुजनको ५६ अंक नै रहेपनि गोलअन्तरमा मोन्चेनग्लाडबाकभन्दा पछाडि छ ।

उता सिजनको ११औं जितपछि फ्रेइवर्ग ३० खेलबाट ४१ अंक जोड्दै आठौं स्थानमा छ ।

बुण्डेसलिगामा आज पाँच खेल हुँदैछ । लिग लिडर बायर्न म्युनिखले पाँचौ स्थानको बाभर लेभरकजनसँग खेल्नेछ । खेल नेपाली समयअनुसार बेलुका सवा ७ बजे शुरु हुनेछ । सोही समयमा तेस्रो स्थानको लाइपजिगले अन्तिममा रहेको पाडेरवोर्नसँग खेल्नेछ भने एनट्राट फ्राङ्कफुर्टले माइन्ज र फर्चुना डुसेलडोर्फले होफेनहेइमसंग खेल्नेछ ।

यस्तै राति सवा १० बजे दोस्रो स्थानको बोरुसिया डर्टमण्डले हेर्था बर्लिनसँग घरेलु मैदानमा खेल्नेछ ।

लिगमा २९ खेलबाट ६७ अंकसहित बायर्न पहिलो स्थानमा छ भने दोस्रो स्थानको डर्टमण्डको ६० अंक छ । ७ अंकको अग्रता रहेको बायर्नले अब बाँकी ५ मध्ये ३ खेल मात्र जितेपनि उपाधि जित्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment