Comments Add Comment

अमेरिकाले कोरोना भाइरसको २० लाख खोप बनाइसक्यो : ट्रम्प

२४ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले कोरोना भाइरस (कोभिड–१९) को २० लाख खोप तयार पारिसकेको दाबी गरेका छन् । उनले अमेरिकामा बनेको यी खोपहरू अहिले प्रयोगका लागि तयार रहेको र त्यसका लागि वैज्ञानिकले यो खोप सुरक्षित रहेको प्रमाणित गर्नु जरुरी रहेको उनको भनाइ छ ।

शुक्रबार आयोजित प्रेस कन्फ्रेन्समा उनले अहिले नै यो खोपको प्रयोग गर्नु सुरक्षित रहेको पुष्टि नभइसकेकाले त्यसको प्रयोग उचित नहुने बताएका हुन् । यद्यपि ट्रम्पले यो खोप कुन कम्पनीले बनाएको हो भन्ने विषयमा भने केही बताएका छैनन् ।

साथै, ट्रम्पले यो खोपको प्रयोग कहिलेदेखि सुरु हुने हो भन्ने विषयमा पनि केही बताएका छैनन् । यद्यपि अमेरिकी वरिष्ठ संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउकीले भने आफूलाई यस विषयमा कुनै जानकारी नभएको बताएका थिए ।

न्युयोर्क टाइम्सको एक प्रतिवेदनअनुसार अमेरिकी प्रशासनले पाँच कम्पनीलाई खोप निर्माणको काममा लगाएको छ ।अमेरिकामा धेरै कम्पनीहरू वैज्ञानिकको अनुमतिभन्दा पहिला नै ठूलो मात्रामा खोप निर्माणको दौडमा अघि बढेका छन् । जसमा मोडेर्ना, नोवाभेक्स र फाइजरजस्ता कम्पनी छन् ।

डाक्टर फाउकीले मंगलबार पत्रकारसँग कुरा गर्दै खोप निर्माणमा मोडेर्ना सबैभन्दा अगाडि रहेको बताएका थिए  ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment