 
																			२४ जेठ, बुटवल । कपिलवस्तु सदरमुकाम तौलिहवास्थित जिल्ला कारागारमा थुनामा रहेका एक कैदीको मृत्यु भएको छ ।
कर्तव्य ज्यान मुद्दामा थुनामा रहेका यशोधरा गाउंपालिका वडा नंं. ७ ईटवा गाउंका ५४ वर्षीय रामअधिन कोहारको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान खाना खाएर आराम गर्न सुतेका कोहारको सुतेकै अवस्थामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पुष्टि गरेको छ ।
कैदी कोहारलाई कपिलवस्तु अस्पताल पुर्याइएको भएपनि मृत्यु भइसकेको अवस्थामा अस्पताल ल्याइएको जनाएको छ । मृत्युको कारण भने पोष्टमार्टम रिपोर्ट पछि मात्रै थाहा हुने अस्पतालले जनाएको छ ।
मृतक कोहारको शव पोष्टमार्टमका लागि कपिलवस्तु अस्पतालमा राखिएको छ ।
मृतक कोहार २०७६ साल साउन २ गते देखि जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्धामा पुर्पक्षका लागि थुनामा रहेको जेलर राकेश पाण्डेयले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                .jpg) 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4