Comments Add Comment

प्राधिकरणका हेल्परविरुद्ध करिब पौने ९ लाखको भ्रष्टाचार मुद्दा

२६ जेठ, काठमाडौं । करिब पौने ९ लाख रुपैयाँ आर्थिक हिनामिना गरेको आरोपमा मोरङको रंगेलीस्थित नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रका हेल्पर अरुणकुमार गुरुङविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर महानगरपालिका–१६ घर भएका गुरुङविरुद्ध आठ लाख ७३ हजार पाँच सय ४२ रुपैयाँ १४ पैसा माग दाबीसहित मुद्धा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

सो केन्द्रको एउटा आय काउन्टरबाट सेवाग्राहीसँग संकलन गरेको महसुल रकम हिनामिना गरेको आरोपमा अख्तियारले उनीविरुद्ध अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानको क्रममा गुरुङले आव ०६८/०६९ र २०६९/०७० को विद्युत् महसुल बापत ग्राहकले तिरेको महसुल रकम हिनामिना गरेको देखिन आएकोले उनीविरुद्ध मुद्दा दायर गरिएको प्रवक्ता कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment