+
+

प्रदर्शकलाई बलिउड निर्माताको आग्रह–‘निःशुल्क फिल्म चलाउनुहोस्’

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २७ गते १६:२४

भारतमा विगत ३ महिनादेखि हलहरू बन्द छन् । हलहरू बन्द हुँदा चलचित्र रिलिज पनि ठप्प छ। केही निर्माताले डिजिटल प्लेटफर्मबाट चलचित्र रिलिज गर्ने तयारी गरेका छन् । यो कुराको हल सञ्चालकहरूले विरोध पनि गर्दै आइरहेका छन् ।

भारतमा लकडाउन बिस्तारै खुकुलो हुन थालेको छ। अबको एक महिनापछि भारत सरकारले हलहरू पनि सञ्चालन गर्ने तयारी थालेको छ। योसँगै बलिउडमा अब चलचित्र रिलिज कसरी गर्ने भन्ने चर्चा र बहस सुरु भएको छ ।

हल खुले पनि दर्शकहरू भिडभाडका साथ हलसम्म पुग्ने अवस्था रहँदैन । सामाजिक दुरी कायम गरेर कम अकुपेन्सीमा चलचित्र चलाउन हल सञ्चालकहरू पनि बाध्य हुनेछन् । यस्तो अवस्थामा नयाँ चलचित्र रिलिज हुने सम्भावना पनि छैन । उसो भए हललाई कसरी अगाडि बढाउने त ?

भारतीय मिडियाका अनुसार बलिउडका चर्चित फिल्म निर्माण कम्पनीहरूले निःशुल्क चलचित्र चलाउन हल सञ्चालकहरूलाई आग्रह गरेका छन्। भारतका ठूला फिल्म निर्माण कम्पनी यशराज ब्यानर, रिलायन्स इन्टरटेन्मेन्टलगायतका ब्यानरले पुराना हिट चलचित्र रिलिज गर्न आग्रह गरेका हुन् ।

यशराज, रिलायन्सजस्ता कम्पनीसँग थुप्रै एक्सनले भरिएका हिट चलचित्र छन् । यी पुराना चलचित्र फेरि रिलिज गर्दा हलमा दर्शक आउने वातावरण बन्न सक्छ भने हलको खर्च पनि उठ्ने विश्लेषण गरिएको छ ।

यसैले पनि यी कम्पनीहरुले चलचित्र रिलिजका लागि प्रदर्शकहरूलाई अपिल गरेका छन् । उनीहरूले यी चलचित्रको कुनै पनि सेयर आफूहरूले नलिने पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?