+
+
Shares

कोरोना जितेर धरानबाट २८ जना घर फर्किए

हरि अधिकारी हरि अधिकारी
२०७७ जेठ २७ गते ९:४४
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान । फाइल तस्वीर

२७ जेठ, विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट थप २८ जना कोरोना जितेर घर फर्किएका छन् । संक्रमण पुष्टि भएपछि प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका झापाका २८ जना पुरुषहरु डिस्चार्ज भएका हुन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार १८ देखि ५६ वर्ष उमेर समूहका २८ जना पुरुषलाई डिस्चार्ज गरिएको छ । धरानमा अब ५५ जना उपचाररत छन् ।

मंगलबारसम्म धरानबाट डिस्चार्ज हुनेको संख्या ६१ पुगेको छ । प्रदेश १ मा कोरोना मुक्त हुनेको संख्या ११८ पुगेको छ ।

प्रदेश १ मा २७७ जना कोरोना पोजेटिभ छन् । कोरोना पुष्टि भएकामध्ये १५९ जनाको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगर, पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेज गोठगाउँ  र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?