+
+

एक लाख कट्यो पीसीआर टेष्ट

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २६ गते १७:५०

२६ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पत्ता लगाउने गरिएको आरटी पीसीआर टेष्ट एक लाख कटेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ७६६ नमुनाको पीसीआर टेष्ट गरिएको थियो । त्यसक्रममा ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

साथै अहिलेसम्म पीसीआर टेष्टको संख्या एक लाख ९७१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ११ हजार ९४२ आरडीटी टेष्ट भएको छ । यससँगै कुल आरडीटी टेष्टको संख्या १ लाख ५६ हजार ९९१ पुगेको छ ।

सातै हाल १ लाख ७० हजार ७३२ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?