+
+

सीडीओ भन्छन् – पसल खोल्न अवरोध नगर्नू, प्रहरी भन्छ – सरकारको आदेश छैन

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २७ गते १४:२६

२७ जेठ, काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले पसल खोल्न अवरोध नगर्ने निर्णय गरे पनि प्रहरीले कडाइ गर्न थालेको छ ।

प्रहरीले न्यूरोडसहित विभिन्न क्षेत्रमा खुलेका पसललाई बन्द गराउँदै हिँडेको छ । सरकारले लकडाउनको मोडालिटीमा कुनै परिवर्तन नगरेको बताउँदै प्रहरीले लकडाउन कार्यान्वयनमा कडाइ गरिरहेको हो ।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले सरकारको आदेश जुन मोडालिटीमा छ, त्यही अनुसार प्रहरीले कार्यान्वयन गरिरहेको अनलाइनखबरलाई बताए । उनले भने, ‘हामीलाई आदेश नआउञ्जेल कडाइ नै हुन्छ ।’

उनका अनुसार मंगलबार बिहान मात्रै लकडाउन उल्लंघन गरेको आरोपमा उपत्यकाका तीन जिल्लाबाट १७ सय सवारीसाधन नियन्त्रणमा लिइएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?