Comments Add Comment

एसईई परीक्षाको अन्योल अब धेरै दिन रहन्न : शिक्षामन्त्री

२७ जेठ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले परीक्षाको अन्योल अब धेरै दिन नरहने बताएका छन् । मन्त्रालयगत बजेट छलफलमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले भने, ‘परीक्षा सन्दर्भमा विद्यार्थी तथा अभिभावकमा रहेको अन्योललाई अब धेरै दिन रहने छैन भन्ने विश्वास दिलाउन चाहन्छु ।’

कोभिड-१९ का कारण कक्षा १० ११ र १२ तथा उच्च शिक्षाका विभिन्न तहको परीक्षा हुन सकेको छैन । पहिलो सेमेस्टर सकेकालाई परीक्षा नलिएर पनि अर्को सेमेस्टर पढ्न दिनेलगायतका तयारी भएको पनि उनले बताए । ‘शैक्षिक क्षेत्र क्षति हुन नदिन अन्तिम गृहकार्य छ’ उनले भने ।

सरकारले परम्परागत शिक्षाको मोडललाई परिवर्तन गर्ने गरी सोचिरहेको र त्यो अवसर कोभिड –१९ ले दिएको पनि उनले बताए। शिक्षाको तीन विषयमा रुपान्तरणको अवसर प्राप्त भएको उनको भनाइ छ।

मन्त्री पोखरेलले पहिलो अवसरको रुपमा विद्यार्थीको स्वाध्ययन र बुझाइबाट शिक्षा लिने बानीलाई लिएका छन्। सिकाइमा केन्द्रित हुँदा शिक्षक, पुस्तक इन्टरनेट, मिडिया आदिको प्रयोगका विषयमा नयाँ ढङ्गले सोच्ने र व्यवहारमा उतार्ने, घर परिवारलाई नै लघुविद्यालय बनाउन प्रेरित गरेको उनले बताए ।

दोस्रो अवसरका रुपमा शिक्षाका लागि प्रत्यक्ष आमुन्ने सामुन्ने हुनुको विकल्प उल्लेख गरेका छन् । यसले खुला र दूरशिक्षामा जान प्रेरित गरेको मन्त्री पोखरेलले बताए ।

तेस्रो अवसरको रुपमा सूचना र प्रविधिको प्रयोग तथा ज्ञान हस्तान्तरण गर्ने विद्यमान शिक्षा पद्धतिको रुपान्तरण गरी ज्ञान निर्माणमा केन्द्रित हुनुलाई मन्त्री पोखरेलले उल्लेख गरेका छन्।

रेडियो टेलिभिजन, होम स्कुललिङको तयारी भएको र कार्यान्वयन गर्न तीनै तहको सरकारलाई अनुरोध गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment