Comments Add Comment

दक्षिणसँगको सबै सम्पर्क बन्द गर्ने उत्तर कोरियाको निर्णय

२७ जेठ, काठमाडौं । उत्तर कोरियाले दक्षिण कोरियासँगको सबै अन्तर कोरियाली कम्युनिकेशन बन्द गरिने बताएको छ । जसअनुसार दुवै मुलुकका नेताको बीचमा हुने गरेको हटलाइन सेवा पनि बन्द गरिने बताइएको छ । उत्तर कोरियाले यो कदम चरणबद्धरुपमा चालिने कदमको शुरुवात मात्र रहेको बताएको छ । दक्षिण कोरियाले उत्तर कोरियाले ‘शत्रु’ को रुपमा व्याख्या गर्दै आएको छ ।

मंगलबारदेखि उत्तर कोरियाको सीमा क्षेत्रको सहर काइसोङमा रहेको कार्यालयबाट हुने दैनिक फोन सम्पर्क बन्द हुनेछ । सन् २०१८ मा दुई मुलुकले तनाव कम गर्न भन्दै एक कार्यालय स्थापना गरेका थिए । सोही कार्यालयबाट अहिले दुई मुलुकको बीचमा सम्पर्क हुँदै आएको थियो ।

कोरोना भाइरस (कोभिड-१९) को प्रतिबन्धको कारण गत जनवरीदेखि यो कार्यालय बन्द थियो । त्यसयता फोनको माध्यमबाट दुई मुलुकको बीचमा सम्पर्क हुँदै आएको थियो ।

यो कार्यालयबाट दैनिक बिहान ९ बजे र दिउँसो ५ बजे दुईपटक सम्पर्क हुने गरेको थियो । २१ महिनामा पहिलोपटक बिहानको फोन उठेको थिएन । यद्यपि दिउँसो सम्पर्क गरिएको दक्षिण कोरियाली अधिकारीहरुले बताएका छन् ।

सन् १९५३ मा सकिएको कोरियाली युद्धपछि अहिलेसम्म कुनै सम्झौता हुन नसकेको कारण यी दुवै मुलुक प्राविधिक रुपमा सधैं युद्धको अवस्थामा रहने गरेका छन् । उत्तर कोरियाले दुई मुलुकको सैन्य सम्पर्क पनि बन्द गरिने बताएको छ ।

उत्तर कोरियाली सञ्चारमाध्यम केएनसीएले उत्तर कोरियाले अब दक्षिण कोरियाली अधिकारीसँग अब आमनेसामुन्ने बस्नुको कुनै आवश्यकता नरहेको उल्लेख गरेको छ ।

दक्षिण कोरियाले सधैं निराश बनाउँदै आएकाले अब छलफल गर्नुपर्ने कुनै विषय बाँकी नरहेको समाचारमा उल्लेख छ ।

स्रोत :बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment