Comments Add Comment

कोरोना भाइरसका कारण जापानमा बढे साइकलयात्री

२७ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीको क्रममा उल्लेख्य संख्यामा साइकलमा यात्रा गर्नेको संख्यामा वृद्धि भएको छ ।

कार्यालय जान र आउन सार्वजनिक यातायातमा जोखिम हुने भएकाले धेरै मानिसहरु साइकलमा यात्रा गर्न थालेका हुन् ।

जापानमा उल्लेख्य संख्यामा साइकलयात्री बढेसँगै जापानको सरकारले नयाँ नियम ल्याएको छ । मंगलबार जापानको सरकारले साइकयात्रीमाथि कडाइको केही नियम पारित गरेको हो ।

यससँगै जापानमा अब सडकमा अनावश्यक रुपमा घण्टी बजाउन पाइने छैन भने अन्य सवारीसाधन र पैदलयात्रुलाई अवरोध गर्न पाइने छैन । मानिसहरुले सुरक्षा सुनिश्चित गर्न यो नियम ल्याइएको सरकारले बताएको छ ।

यो नियम ३० जुनदेखि लागू हुनेछ । १४ वर्षभन्दा बढी उमेरको साइकलयात्रीले अनावश्यक रुपमा घण्टी बजाएको पाइए पाँच सय डलर जरिवाना हुन सक्ने बताइएको छ ।

साथै प्रशासनले तयार पारेको ट्राफिक सुरक्षाको कक्षा पनि लिनुपर्ने हुन सक्छ । जापानका धेरै मानिसहरुले यो नियमलाई निकै अनौठो मानिरहेका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment