+
+
Shares

सर्वोच्चको आदेशपछि ब्राजिलले सार्वजनिक गर्न थाल्यो कोरोनासम्बन्धी तथ्यांक

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २८ गते ६:३३

२८ जेठ, काठमाडौं । ब्राजिलले कोरोना भाइरस संक्रमणसम्बन्धी तथ्यांक पुनः राख्न सुरु गरेको छ । मंगलबार सर्वोच्च अदालतले सरकारलाई तथ्यांकहरु नलुकाउन आदेश दिएको थियो ।

करिब दुई दिन अगाडि ब्राजिलको स्वास्थ्य मन्त्रालयको आधिकारिक वेबसाइटबाट कोरोना संक्रमितसँग सम्बन्धित तथ्यांक हटाइएको थियो । उसले अबदेखि संक्रमणको कूल तथ्यांक जारी नगर्ने पनि भनेको थियो । ब्राजिलको यो कदमको आलोचना भएको थियो । डब्ल्यूएचओले पनि तथ्यांक पारदर्शी बनाउन भनेको थियो ।

तर मंगलबार सर्वोच्च अदालतले तथ्यांक सार्वजनिक गर्न आदेश दिएको थियो । आदेश सुनाउँदै न्यायाधीशले भनेका थिए– सरकारको यो कदमले कोरोना भाइरसको निगरानी असम्भव भयो ।

ब्राजिल कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित देशहरुको सूचीमा दोस्रो स्थानमा छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार ब्राजिलमा कोरोना भाइरसबाट ७ लाख बढी संक्रमित छन् भने ३७ हजार बढीको मृत्यु भएको छ ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा चासो नदिएको भन्दै ब्राजिल सरकारको आलोचना हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?