+
+
Shares

ललितपुरमा युवक मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २८ गते ८:५५

२८ जेठ, ललितपुर । ललितपुरको गोदावरी नगरपालिका, टौखेलमा एक युवक मृत भेटिएका छन् । फ्रेस हाउस सञ्चालन गरिरहेका २५ वर्षीय अमित शाही मृत भेटिएका हुन् ।

गएराति २ बजे गम्भीर अवस्था भएकै बेला खबर पाएपछि प्रहरी परिचालन गरिएको थियो । महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख टेकप्रसाद राईले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

हाल अपराधस्थलमा रहेका ललितपुर प्रहरीका एसपी तुलबहादुर कार्कीले घटनास्थलबाट मासु काट्ने हतियार बरामद गरिएको अनलाइनखबरलाई बताए । उनले भने, ‘घरकै कम्पाउण्डमा भएको घटना हो, हामी अनुसन्धान गरिरहेका छौं ।’

मृतकको घाँटी र हातमा चोट छ । त्यो चोट बरामद हतियारकै हो/होइन भन्ने परीक्षणपछि मात्रै खुल्ने प्रहरी अधिकृतहरू बताउँछन् ।

शवलाई पोस्टमार्टमका लागि पाटन अस्पताल लैजाने तयारी भइरहेको छ । हालसम्म घटनामा कोही पनि पक्राउ परेका छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?