
२८ जेठ, जनकपुरधाम । धनुषाको सबैला नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेका युवाले आत्महत्या गरेपछि यहाँको अवस्था तनावग्रस्त बनेको छ ।
सवारी ज्यान मुद्दामा पक्राउ परेका २२ वर्षीय शम्भु सदाले थुनुवा कक्षभित्रै पासो लगाएर आत्महत्या गरेका छन् । उनले आत्महत्या गरेपछि जम्मा भएका स्थानीयले प्रहरी कार्यालयमा ढुंगामुढा गरेका छन् । ढुंगामुढाबाट प्रहरी कार्यालयका सिसाहरू फुटेका छन् ।
अहिले सबैलाको अवस्था तनावग्रस्त बनेको छ । जिल्लाबाट थप सुरक्षाकर्मी पठाइएको धनुषा प्रहरीका प्रवक्ता रामेश्वर कार्कीले बताए । गएराति सबैला नगरपालिकामै एक जना युवककाे गाेली हानी हत्या भएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4