Comments Add Comment

फिल्ममा काम गर्ने ३ पात्रको कथामा ‘पैसो’

लकडाउनको समयमा छोटा चलचित्रको निर्माण पनि बढेको छ । छोटा चलचित्रले लकडाउनको समयमा मानिसहरूले भोगेको समस्याका कथालाई समेटेका छन्।

पैसा कमाउन काठमाडौं‌ प्रवेश गरेका ३ युवा राकेश, सञ्जय पोखरेल र सन्जोग पौडेलको कथामा छोटो चलचित्र ‘पैसो’ निर्माण गरिएको छ ।

लकडाउन भएपछि पैसाको अभावमा उनीहरूले भोगेको समस्याको कथालाई यो चलचित्रमा देखाइएको छ । अहिले धेरै चलचित्रकर्मी लकडाउनका कारण समस्यामा परेका छन् । यो छोटो चलचित्रले उनीहरूको कथालाई भन्न खोजेको छ ।

अर्री इन्टरटेन्मेन्टले प्रस्तुत गरेको यो छोटो चलचित्रलाई कलाकार राज न्यौपाने र छायांकार अर्जुन तिवारीले निर्माण गरेका हुन् । यो छोटो चलचित्रमा अर्जुन सुवेदी, सञ्जोग पौडेल, राकेश बिक, सञ्जय पोखरेल, रामु घिमिरे, कृष्णबहादुर गिरीले अभिनय गरेका छन् ।

राज न्यौपानेको लेखन तथा निर्देशनमा तयार भएको छोटो चलचित्र ‘पैसो’मा अर्जुन तिवारीको छायांकन तथा सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment