Comments Add Comment

बारामा थपिए ८ जना कोरोना संक्रमित

२८ जेठ, काठमाडौं । बारामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बाराका डीएसपी गौतम मिश्रका अनुसार सिम्रौनगढ नगरपालिकास्थित कंकाली मावि र श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका ८ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा सिम्रौनगढ नगरपालिका–७ का १९ र २७ वर्षीय पुरुष, वडा नम्बर ५ का ४५ र २७ वर्षीय पुरुष, वडा नम्बर ६ का २३ र ३८ वर्षीय पुरुष, वडा नम्बर ३ का १२ र २ का ४० वर्षीय पुरुष छन् । संक्रमित सबै जनालाई गंगापुरस्थित शैक्षिक तालिम केन्द्रको आइसोलनमा ल्याउने तयारी भइरहेको मिश्रले बताए ।

संक्रमण पुष्टि भएका सबै जना भारतबाट आई क्वारेन्टिनमा बस्दै आएका थिए । उनीहरुको जेठ २३ गते पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment