+
+

कैलालीमा बसको ठक्करबाट एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २८ गते १६:०७

२८ जेठ, कैलाली । कैलालीमा मिनी बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो ना ७ ख ९३० नम्बरको बसले ठक्कर दिँदा बर्दगोरीया गाउँपालिका-२ की २५ वर्षीया सरस्वती कुमारी उपाध्यायको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बसको ठक्करबाट गम्भीर घाइते उपाध्यायको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कैलालीमा मंगलबार मात्रै ४ जनाको सडक दुर्घटनाबाट मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?