Comments Add Comment

गर्भपतन चक्की लिदै हुनुहुन्छ ? यस्तो छ साइड इफेक्ट

गर्भ रहनु एक सुखद क्षण हो, दम्पतीको लागि । यद्यपि यो त्यहीबेला सुखद हुन्छ जब दम्पतीले सन्तानको योजना बनाउँछन् । सन्तानको रहर पुरा गरिसकेपछिको अवस्थामा गर्भ रह्यो भने ? दम्पतीको लागि टाउको दुखाईको विषय बन्छ ।

असुरक्षित यौन सम्बन्ध वा सावधानी अपनाउँदा अपनाउँदै पनि बेलाबखत गर्भ रहन जान्छ । यस्तो अवस्थामा दम्पतीसँग दुईवटा विकल्प मात्र बाँकी रहन्छ, सन्तान जन्माउने वा गर्भपतन गर्ने ।

आनिश्चित अवधीभित्र आधिकारिक स्वास्थ्य संस्थाबाट गर्भपतन गराउन कानुनी मान्यता छ । यसैगरी अहिले गर्भपतनका लागि चक्की सेवन पनि गर्न सकिन्छ । गर्भपतनको चक्की सहजै उपलब्ध हुने भएकाले धेरैजसोले अहिले यही विकल्प उचित ठान्ने गरेका छन् ।

यद्यपि चिकित्सकको परामर्श बिना गर्भपतन चक्की सेवन गर्दा जोखिम हुनसक्छ । यसले अल्पकालिन वा दीर्घकालिन दुबै रुपमा असर गर्न सक्छ ।

१० लाख बढी महिलाले गर्छन् सेवन

शोध अनुसार विश्वभरमा करिब १० लाख बढी महिलाले यस चक्की प्रयोग गरिरहेका छन् । यसमा १५ देखि ३४ बर्ष उमेर समूहका महिला सामेल छन् । चिकित्सकको सिफारिस बिना यो चक्की बिक्री गर्न नपाइने भएपनि बजारमा यो सहज रुपमा किनबेच हुने गरेको पाइन्छ ।

कहिले लिने गर्भपतनको चक्की

गर्भ रहेको निश्चित भएपछि चिकित्सकको परामर्श लिन जरुरी हुन्छ । चिकित्सकको सुझाव अनुसार नै तय गर्नुहोस् कि चक्की सेवन गर्नु उचित छ वा छैन भन्ने कुरा ।

विज्ञहरुका अनुसार यो चक्की तपाईंको अन्तिम महिनावरीको ४९ दिनभित्र अर्थात गर्भावस्थाको ९ औं हप्तासम्म लिन सकिन्छ । सामान्यत गर्भपतनका लागि दुई चक्की लिनुपर्छ । पहिलो र दोस्रो चक्कीबीच कति समय अन्तर आवश्यक हुन्छ, यो कुरा चिकित्सकबाट सल्लाह लिनुपर्छ ।

के छ ग्यारेन्टी ?

यदि गर्भपतनको चक्की पहिलो २ हप्ताभित्र र सही तरिकाले सेवन गरियो भने ९५ प्रतिशतदेखि ९७ प्रतिशतसम्म ढुक्क हुन सकिन्छ । यदि यस अवधिभित्र सेवन गरिएन भने एनिमिया, हदृय रोग आदिको समस्या हुनसक्छ ।

गर्भपतन चक्कीको असर

यसको अत्याधिक प्रयोगले शरीरमा बनिरहेको प्रेग्नेन्सी हर्मोन प्रोजेस्टेरन प्रभावित हुन्छ । यही कारण महिलाको फर्टिलिटीमा असर पुग्छ र उक्त महिलालाई दोस्रो पटक गर्भधान गर्न समस्या हुन्छ ।

कतिपय अवस्थामा यो चक्की लिएपछि भ्रुण पूण रुपमा गर्भाशयबाट बाहिर निस्कन पाउँदैन । त्यसको केही अवशेष बाँकी रहन्छ ।

यो चक्की केवल ५० दिनभित्र सेवन गरिसक्नुपर्ने छ । यद्यपि कतिपयले यसलाई गर्भ रहेको तीन, चार महिनासम्म पनि सेवन गर्छन् । यसले रक्तश्राव धेरै हुने र संक्रमणको भय पनि बढाउँछ । खसमा यो चक्कीले शरीरमा बनिरहेको प्रोग्नेन्सी हर्मोन प्राजेस्टेरानको उत्पादन बन्द गरिदिन्छ । यही कारण भ्रुण गर्भाशयबाट अलग भएर बाहिर आउन थाल्छ साथै गर्भाशयको संकुचनले रक्तश्राव बढाउँछ । गर्भपतनको चक्कीले पेटमा अत्याधिक दुखाई हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment