Comments Add Comment

नेपाल ग्यासद्वारा २ हजार सिलिन्डर नष्ट

२८ जेठ, काठमाडौं । नेपाल ग्यास उद्योगले गुणस्तरमा कमी आएका दुई हजार थान सिलिन्डर नष्ट गरेको छ । उपभोक्ताले प्रयोग गरेर गुणस्तर खस्किएका त्यस्ता सिलिन्डर सुरक्षित ढंगबाट नष्ट गरिएको उद्योगले जनाएको छ ।

प्रयोगमा रहेको सिन्डिरको हाइड्रोलिक परीक्षण गर्दा भेटिएको कैफियतका आधारमा ती सिलिन्डर नष्ट गरिएको उद्योगका कार्यकारी निर्देशक गोकुल भण्डारीले जानकारी दिए ।

विगतमा पनि त्यस्ता सिलिण्डरहरू नष्ट गरिँदै आइएको र उपभोक्ताको सुरक्षाका लागि आगामी दिनमा पनि हाइड्रोलिक परीक्षणलाई निरन्तरता दिँदै अयोग्य सिलिन्डर नष्ट गर्ने निर्देशक भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment