+
+
Shares

चितवनको माडी भोलिदेखि सिल

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २८ गते १९:२५

२८ जेठ, काठमाडौं । चितवनको माडी नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिले बिहीबारदेखि असार ७ गतेसम्म माडी नगरक्षेत्र सिल गर्ने निर्णय गरेको छ ।

समन्वय समितिको बुधबार बसेको बैठकले स्वास्थ्य संवेदनशिलतालाई मध्यनजर गर्दै अत्यावश्यकीय सवारी साधनबाहेक माडी प्रवेश गर्ने र बाहिर जाने कार्यलाई पूर्णरुपमा बन्देज लगाउने निर्णय गरिएको सूचना अधिकारी प्रवीण भण्डारीले अनलाइनखबरलाई जानकारी दिए ।

भण्डारीले भने, ‘मोटर साइकल, अटो, टेम्पो लगायतका सवारी साधन चलाउन पूर्ण रुपमा रोक लगाउने निर्णय भएको छ । यदि कसैले कुनै पनि बहानामा निर्णयको अटेर गरी असहयोग गरेको पाइएमा कानुन बमोजिम कडा कारबाही हुन्छ ।’

अति आवश्यक कामले घर बाहिर निस्कनु परेमा सुरक्षाकर्मीलाई जानकारी गराउनुको साथै सामाजिक दुरी कायम गरी मास्क अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने निर्णय बैठकले गरेको उनले बताए ।

समन्वय समितिका संयोजक एवं माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको उनले बताए ।

माडी नगरपालिका–१ स्थित सोमेश्वर मावि क्वारेन्टिनमा बसेका ६ जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएपछि नगर क्षेत्रमा स्वास्थ्य संवेदनशिलतालाई मध्यनजर राखेर कडाइ गरिएको उनले बताए । सो क्वारेन्टिनमा बसेका ७० जनाको पीसीआर परीक्षण गरिएकोमा ६ जनामा संक्रमण पुष्टि भएको उनले बताए ।

वडा नम्बर ५ स्थित दिवाकर माविको क्वारेन्टिनमा बसेका ४७ र माडी क्याम्पस क्वारेन्टिनमा बसेका २ जना गरी कुल ४९ जनाको मंगलबार स्वाब संकलन गरिएको र उनीहरुको रिपोर्ट आउन बाँकी रहेको उनले बताए ।

उनका अनुसार क्वारेन्टिनमा बसेका र संक्रमण पुष्टि भएका सबै जना भारतबाट आई क्वारेन्टिनमा बसेकाहरु हुन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?