+
+
Shares

अमेरिकामा प्रहरीलाई अनुहार पत्ता लगाउने प्रविधि प्रयोगमा रोक

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २९ गते १७:४४

२९ जेठ, काठमाडौं । अमेरिकी प्रविधि कम्पनी अमेजनले प्रहरीलाई आफ्नो अनुहार पत्ता लगाउने प्रविधिको प्रयोगमा एक वर्षको लागि प्रतिबन्ध लगाएको छ ।

अमेरिकामा नागरिक अधिकारकर्मीहरुले यो प्रविधि केही मात्रामा पक्षपात हुने गरेको आवाज उठाएपछि कम्पनीले यस्तो निर्णय गरेको हो ।

यसअघि आईबीएमले पनि ठूलो समूहमा अनुहार पहिचानको लागि प्रयोग गरिने सफ्टवेयरको प्रयोगमा रोक लगाउन सक्ने बताएको थियो । अमेजनले यो प्रविधिको प्रयोगको लागि सरकारले स्पष्ट नियम बनाउनुपर्ने बताएको छ ।

अमेजनले एक विज्ञप्ति जारी गर्दै सरकारले यो एक वर्षमा यो प्रविधि प्रयोगबारे स्पष्ट नीति बनाउने विश्वास लिएको छ । त्यसका लागि आवश्यक सहयोगको लागि तयार रहेको कम्पनीले उल्लेख गरेको छ ।

अमेजनले मानव बेचबिखन नियन्त्रणमा सहयोग गर्ने विभिन्न संस्थाहरुको लागि भने यो प्रविधिको प्रयोगमा रोक नलगाइएको बताएको छ ।

अनुहार पत्ता लगाउने अन्य प्रविधिजस्तै अमेजनको यो प्रविधिले पनि कुनै तस्वीरबाट प्रहरीको सूचीमा रहेका हजारौं मानिसमध्ये को हो भन्ने पत्ता लगाउन सक्छ । यद्यपि यसमा पनि केही कमजोरी देखिएका छन् ।

एक अध्ययनले भने यो प्रविधिको अधिकांस एल्गोरिदमले अश्वेत तथा अन्य गोराबाहेकको अल्पसंख्यक समुदायका मानिसको अनुहार सही रुपमा पहिचान गर्न नसक्ने देखाएको थियो । यससँगै यो प्रविधिको आलोचना भएको हो ।

यसअघि अमेजनले यो प्रविधिमा कुनै खराबी नरहेको बताउँदै आएको थियो ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?