Comments Add Comment

पकौडा बनाउँदै ब्रेन ट्युमरको शल्यक्रिया !

बिरामीले मादल बजाइरहँदा डाक्टरहरुले मस्तिष्कको शल्यक्रिया गरेको नेपालका समाचार केही दिनअघि आएको थियो ।

नेपाली डाक्टरहरु भन्दा एक कदम अघि बढ्दै इटालियन डाक्टरहरुले चाहीँ बिरामी महिलालाई पकौडा बनाउन लगाउँदै उनको मस्तिष्कको शल्यक्रिया गरिदिएका छन् ।

इटालीको एंकोना सहरमा बस्ने एक ६० वर्षीया महिलाको मस्तिष्कमा रहेको ट्युमरको शल्यक्रियाका बेला उक्त अनौठो प्रयोग डाक्टरहरुले गरेका हुन् । शल्यक्रियाका बेला ती महिलालाई होसमै राख्नु आवश्यक थियो । त्यसैले डाक्टरहरुले उनलाई सुताएर नगेट्स बनाउन लगाए अनि उनको दिमागी सर्जरी गरे ।

झण्डै साढे २ घण्टा सम्म चलेको उक्त शल्यक्रियाका दौरान ती महिलाले ९० वटा नगेट्स बनाएकी थिइन् ।

स्मरण रहोस् ट्युमर लगायतका मस्तिष्कका विभिन्न शल्यक्रियाका क्रममा बिरामीलाई जागै राखेर विभिन्न काम गर्न दिइन्छ । शल्यक्रियाका क्रममा मस्तिष्कका स्वस्थ तन्तुहरुमा असर नपुगोस् भन्नका लागि डाक्टरहरुले शल्यक्रिया गरिरहँदा बिरामीलाई विभिन्न काम गर्न दिने वा प्रश्नहरु सोध्ने गरिरहन्छन् ।

महिलालाई पकौडा बनाउन दिएर ब्रेन ट्युमरको शल्यक्रिया गरिदिने डाक्टर रोबर्टो ट्रिग्नानीले यसअघि यस्तै विभिन्न उपाय अपनाएर ६० वटा मस्तिष्क शल्यक्रिया गरिसकेका छन् । एकजना बिरामीलाई उनले कार्टुन हेर्न लगाएर मस्तिष्कको शल्यक्रिया गरेका थिए । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment