Comments Add Comment

पर्साका बर्थिङ सेन्टरलाई स्वास्थ्य सामग्री सहयोग

३० जेठ, वीरगञ्ज । पर्साका विभिन्न बर्थिङ सेन्टरलाई व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको छ । सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालले पर्साका ५ वटा बर्थिङ सेन्टरलाई व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको हो ।

कोभिड–१९ ले विश्वलाई नै आतंकित पारिरहेको अवस्थामा पर्याप्त मात्रामा व्यक्तिगत सुरक्षा सामग्रीहरुको अभावमा स्वास्थ्यकर्मीहरु जोखिमपूर्ण सेवा दिन बाध्य भएकोले आवश्यक सामग्री सहयोग गरेको सञ्जाल महासंघले जनाएको छ ।

वीरगञ्जको होटल दियालो प्लाजामा शुक्रबार नारायणी अस्पताल, बगही प्राथमिक उपचार केन्द्र, पर्सागढी नगरपालिकाको बागेश्वरी र बगवाना बर्थिङ सेन्टर तथा बहुदरमाई नगरपालिकाको बिश्रामपुर प्राथमिक उपचार केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो ।

प्रत्येक सेन्टरलाई पीपीई ८ थान, सेनिटाइजर १० लिटर, थरमल गन, पञ्जा ५ प्याकेट, पेपर मास्क ५ प्याकेट, बुट २ जोडी, एन ९५ मास्क ५० थान, साबुन २० वटा, सेनेटरी प्याड २० प्याकेट हस्तान्तरण गरिएको थियो ।

प्रत्येक बर्थिङ सेन्टरमा दश हजारका दरले ५० हजार मूल्य बराबरको पीपीई सेट लगायत सामग्री सम्बन्धित स्वास्थ्य संस्थाका प्रतिनिधिलाई हस्तान्तरण गरिएको पहलका अध्यक्ष दिलिपराज कार्कीले जानकारी दिए । स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै पूर्व सांसद अनिल रुंगटाले सबै मिलेर कोरोना भाइरसको महामारीसँग जुध्नुपर्ने बेला आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment