+
+
Shares

जोन र इमरानको ‘मुम्बई सागा’को सुटिङ जुलाइबाट सुरु हुने

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ३० गते १३:२१

भारतका विभिन्न राज्य सरकारले नयाँ शर्त अनुसार चलचित्र, सिरियल, रियालिटी शोको छायांकन सुरु गर्ने अनुमती दिएसँगै अब धेरै प्रोजेक्टको काम सुरु हुने भएको छ ।

यसैविच, निर्देशक संजय गुप्ताले आफ्नो प्रोजेक्ट ‘मुम्बई सागा’को छायांकन सुरु गर्ने तयारी थालेका छन् ।

भारतीय मिडियाका अनुसा, जुलाइबाट यो चलचित्रको छायांकन हैदराबादमा सुरु हुँदैछ । यो चलचित्रमा नायक जोन अब्राहिम र इमरान हाश्मीको मुख्य भूमिका छ ।

तेलङ्गना सरकारले शर्त पालना गरेर चलचित्रको छायांकन गर्न अनुमती दिएसँगै संजयले बाँकी रहेको १२ दिनको छायांकन सुरु गर्न लागेका हुन् । हैदराबादको रामोजी फिल्म सिटीमा यो चलचित्रको छायांकन सुरु हुँदैछ ।

सरकारको गाइडलाइनलाई पालना गर्दै सम्पूर्ण चलचित्रसँग आवद्ध सदस्यहरुलाई होटलमा राख्ने व्यवस्था गरिनेछ । चलचित्रको सम्पूर्ण कलाकार हैदराबादमा १२ दिनसम्म बस्नेछन् । भारतीय मिडियासँग संजयले भने–‘हामी चाडो भन्दा चाडो दर्शकमाझ चलचित्र ल्याउनका लागि लागिपरेका छौ । संभवत, ४ महिनामा चलचित्रको फाइनल प्रिन्ट निस्कन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?