+
+
Shares

कविता- फेसबुकको चर्तिकला

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ३० गते १४:५७

बाँच्नेहरू फोटो हाल्या हाल्यै छन्
मर्ने अन्तिम फोटोमा अडिएका छन्
यस्तै छ फेसबुकको चर्तिकला
सबैथोक बाँचुन्जेललाई
मरेकालाई उसकै चोला

जन्मनुमात्र पर्छ कोही
कङ्ग्राचुलेसनका बेलुनहरू उँडाइदिन्छन्
मर्नुमात्र पर्छ कोही
अंग्रेजी “रिप” को तीन अक्षर लेखिहाल्छन्
यस्तै छ फेसबुकको चर्तिकला
जन्मे पनि “लाइक” मरे पनि “लाइक”
मानिसहरू कति उदार होला ?

कतै रिबन काट्ने मन्त्रीले
धार्नीका धार्नी माला लगाएका फोटा
कतै सुन्दरी प्रतियोगितामा
लुगा लगाएका छोटा
यस्तै छ फेसबुकको चर्तिकला
हुनेखानेलाई फ्रेन्ड रिक्वेस्टको ‘ताँत’
नहुनेको आफ्नैमात्र ङिच्च दाँत

जान्ने पनि नाँचेका छन् नजान्ने पनि नाचेका छन्
क्या खुब गरेँ भनि दङ्ग परि हाँसेका छन्
खेले पनि “सेयर” पकाए पनि “सेयर”
क्याच्च खिची जे पनि फेसबुको भित्तामा हालेका
यस्तै छ फेसबुकको चर्तिकला
लाइक गनेरै मन भुलाएका
फुर्काउने कमेन्टले नाक फुलाएका

कोही भटाभट जस्तो जे पनि
भ्याइनभ्याइ लाइक गर्ने
भिडियो देख्नै नहुने
ट्याप्प टिपी सेयर गर्ने
यस्तै छ फेसबुकको चर्तिकला
न त यो आँखालाई न त यो दिमागलाई
के ठिक होला के गलत होला?इन्जिनियर

– राकेश कार्की, लस एन्जेलस

 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?