
३० जेठ,काठमाडौं । अवैध गर्भाधानबाट जन्मिएको नवजात शिशुको हत्या गरी फरार भएकी एक महिलालाई प्रहरीले ७ वर्षपछि पक्राउ गरेको छ । पर्वतको साबिक आर्थर गाविस वडानम्बर ७ की ४७ वर्षीया अमृता भनिने तारा नेपालीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।
२०७० फागुन १२ गते उनले अधेरी नेटामा बच्चा जन्माई सोही दिन हत्या गरेर फरार भएकी थिइन् । प्रहरी निरीक्षक बुद्धि सुबेदीको नेतृत्वमा खटिएको विशेष टोलीले उनलाई बिहीबार कास्कीको माछापुच्छ्र्रे गाउँपालिका घाचोकबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनलाई कर्तब्य ज्यान (नवजात शिशुको हत्या) शीर्षकमा अनुसन्धानका लागि आज मिति शुक्रबार जिल्ला सरकारी वकिल कार्यालय पर्वतमार्फत पर्वत जिल्ला अदालत कुश्मा पर्वतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।नवजात शिशु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4