Comments Add Comment

प्रदेश २ मा २०४ जनामा कोरोना संक्रमण पुष्टि

३० जेठ, वीरगञ्ज । पछिल्लो २४ घण्टामा प्रदेश २ मा ९ महिलासहित २०४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै प्रदेशमा संक्रमितको संख्या १ हजार ८ सय ६ पुगेको छ ।

सप्तरीमा १८ जना, सिराहामा ११ जना, धनुषामा १५ जना, महोत्तरीमा १६ जना, सर्लाहीमा ५७ जना, रौतहटमा ८६ जना र बारामा १ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका १ देखि १८ वर्ष उमेर समूहका ३ जना पुरुष, सोही नगरपालिकामा नै ४८ वर्षीय पुरुष सहित १९ देखि ४० वर्ष उमेर समूहका १३ जना पुरुष, सप्तरी कै महादेवा गाउँपालिकाका २८ र बोधेबर्साईन नगरपालिकाका ४८ वर्षीय पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

सिराहाको सिराहा नगरपालिकाका १ देखि १८ वर्ष उमेर समूहका ३ जना पुरुष सोही नगरपालिकाको ६० वर्षीय पुरुष सहित १९ देखि ४० वर्ष उमेर समूहका ६ जना पुरुष, सिराहाकै गोलबजार नगरपालिकाको १७ वर्षीय किशोर र कर्जनहा नगरपालिकाका २२ वर्षीय पुरुषको पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ ।

धनुषाको गणेशमान चारनाथ नगरपालिकाका १ देखि १८ वर्ष उमेर समु्हका २ जना पुरुष, सोही नगरपालिकाका १९ देखि ४० वर्ष उमेर समूहका ५ जना पुरुषमा, जनकपुर उपमहानगरपालिकाका १ देखि १८ वर्ष उमेर समूहका २ जना र सोही उपमहानगरका १९ देखि ४० वर्ष उमेर समूहका ३ जना पुरुष, धनुषा जिल्लाकै छिरेश्वरनाथ नगरपालिकाका २५ वर्षीय, सबैला नगरपालिकाका २२ वर्षीय र मिथिलाबिहारी नगरपालिकाका १६ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

महोत्तरीको भंगाहा नगरपालिकाका २१ र २५ वर्षीय पुरुष, मठियानी नगरपालिकाका २० वर्षीय पुरुष सहित १ देखि १८ वर्ष उमेर समूहका ४ जना पुरुष, महोत्तरीको सम्सी गाउँपालिकाका ४३ वर्षीय पुरुष सहित १८ देखि ४० वर्ष उमेर समूहका १० जना पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

सर्लाहीको बिष्णु गाउँपालिकाका १८ देखि ४० वर्ष उमेर समूहका ११ जना पुरुष, हरिपुर्वा नगरपालिकाका २९, ३५ र ४४ वर्षका पुरुष, ईश्वरपुर नगरपालिकाका १९, ३० र ३६ वर्षीय पुरुष, हरिवन नगरपालिकामा ६ वर्षीय बालिका र ४१ वर्षीया महिला सहित १९ देखि ४० वर्ष उमेर समूहका ९ जना महिलामा, सोही नगरपालिकामा १० र १३ वर्षीय बालक सहित १ देखि १८ वर्ष उमेर समूहका ५ जना पुरुष तथा सोही नगरपालिकामा ५० वर्षीय पुरुष सहित १९ देखि ४० वर्ष उमेर समूहका १५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी सर्लाहीकै बसबरिया नगरपालिकाका ४ जना पुरुषमा, पर्सा गाउँपालिकामा ३२ वर्षीय पुरुष र उमेर खुल्न नसकेका अर्का १ जना पुरुष, ब्रम्हपुरी गाउँपालिकाका १९ र २९ वर्षीय पुरुष र कौडेना गाउँपालिकाका १८, २७ र २९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

रौतहटको परोहा नगरपालिकाका ८ वर्षीय बालक सहित १ देखि १८ वर्ष उमेर समूहका १८ जना पुरुष, सोही नगरपालिकामा ४२ र ५५ वर्षीय पुरुष सहित १९ देखि ४० वर्ष उमेर समूहका ६८ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

बारा जिल्लामा २५ वर्षीय एक जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

३९ जना डिस्चार्ज

पछिल्लो चौविस घण्टामा ३९ जना डिस्चार्ज भएका छन् । प्रदेश २ का विभिन्न जिल्लामा सञ्चालित आइसोलेसनबाट २ जना महिला सहित ३९ जना कोरोना संक्रमित उपचार पछि घर फर्किएका हुन् । योसँगै प्रदेशमा कोरोना भाईरस संक्रमित भई उपचारपछि निको हुनेको संख्या ४ सय २० पुगेको छ ।

महोत्तरीको जलेश्वर नगरपालिका स्थित जलेश्वर अस्पताल अन्र्तगतको कोभिड विशेष अस्पतालबाट १ महिला सहित १२ जना, धनुषा लक्ष्मीनिया गाउँपालिकाको वीपी मेमोरियल पोलिटेक्निकल इस्न्टिच्यूटको आइसोलेसनबाट १० जना कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् ।

सप्तरीको राजबिराज नगरपालिका स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल अन्तर्गतको कोभिड विशेष अस्पतालबाट जेठ २९ गते १ जना महिला सहित १७ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

कहाँ कति छन संक्रमित ?

पि.सि.आर.परिक्षण पछि कोरोना भाइरस संक्रमण पुष्टी भएका सप्तरी जिल्ला गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल अन्तर्गत रहेको राजविराज स्थित साईकृष्ण कोभिड १९ अस्पतालको आइसोलेसन कक्षमा ७ महिला सहित १ सय जना, सिराहाका सिराहा अस्पताल अन्तर्गतको महेन्द्र गेनाई कोभिड विशेष अस्पतालमा २ जना महिला सहित १८ जना, सिराहाकै सिराहा नगरपालिका स्थित सिराहा कोभिड विशेष अस्पतालको आइसोलेसन कक्षमा २२ जना, धनुषाको प्रादेशिक अस्पताल जनकपुर अन्तर्गत लक्ष्मीनिया गाउँपालिका स्थित वि.पि. मेमोरियल पोलिटेक्निकल ईन्टिच्यूटको आइसोलेसन कक्षमा १ जना महिला सहित ६१ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।

महोत्तरीको जलेश्वर अस्पताल अन्तर्गतको कोभिड विशेष अस्पतालमा ७७ जना, सर्लाही अस्पताल अन्तर्गत मंलगवामा अल्पामाई रामनारायण यादव नर्सिङ्ग कलेजमा ९ जना महिला सहित १ सय ४२ जना, सर्लाहीकै फरहदवा स्वास्थ्य चौकीको आइसोलेसनमा १ जना महिला सहित १० जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।

रौतहटको चपुर अस्पतालमा २ जना महिला सहित ३३ जना, रौतहट स्थित गौर नगरपालिकामा गौर नर्सिङ्ग इन्स्टिच्युटको आईसोलेसन कक्षमा २ जना महिला सहित ३३ जना, रौतहटकै राजपुर फरहदवामा प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसन कक्षमा २५ जना पुरुष र देवाही गोनाही नगरपालिकास्थित जय किसन उच्च माध्यमिक विद्यालयको आइसोलेसनमा २ जना महिला सहित ९७ जना, गरुडा नगरपालिका स्थित नेपाल प्रहरी विद्यालयमा १९ जना पुरुष कोरोना संक्रमितको उपचार भइरहेको छ ।

बाराको कलैया अस्पतालको आइसोलेसन कक्षमा ३ जना महिला सहित ३३ जना, पर्सामा नारायणी अस्पताल अन्तर्गत रहेको कोभिड १९ विशेष अस्पताल गण्डक अस्पतालमा ३३ जना पुरुष र ६ जना महिला गरी कुल ३९ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।

त्यसैगरी सिराहाको सिराहा नगरपालिका स्थित सिराहा कोभिड विशेष अस्पताल सिराहामा १७ जना, प्रादेशिक अस्पताल जनकपुर अन्तर्गतको कोभिड १९ विशेष अस्पतालमा ६ जना गरी कुल २३ जना शंकास्पद कोरोना संक्रमितको उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment