+
+
Shares

‘नेपाली संस्कृति तथा सदभावना राजदूत’को मानार्थ उपाधिबाट दुई नेपाली सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ३१ गते ६:२१

काठमाडौं । नेपाली संस्कृति तथा सद्भावना प्रतिष्ठानले बिभिन्न माध्यमबाट नेपाली संस्कृति तथा परम्परागत विश्वासहरुलाई विश्व सामु प्रस्तुत गर्दै आआफ्नो क्षेत्रबाट विशेष योगदान दिँदै आएका विदेशमा बस्ने दुई जना नेपालीहरुलाई आज ‘नेपाली संस्कृति तथा सद्भावना राजदूत’ को मानार्थ उपाधिले सम्मान गरेको छ।

नेपाली संस्कृति तथा सद्भावना राजदूतको मानार्थ उपाधिबाट सम्मानित हुने नेपालीहरुमाअन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्वेका अध्यक्ष विष्णुमाया विभू र म्यानमार निवासी अखिल म्यान्मा देशीय गोर्खा हिन्दू धार्मिक संघका अध्यक्ष सागर घिमिरे छन् ।

नेपाली संस्कृति तथा सद्भावना प्रतिष्ठानको तर्फबाट प्रतिष्ठानका अध्यक्ष तथा अन्तर्राष्ट्रिय नेपाली टोपी प्रतिष्ठानका सल्लाहकार एवम् रोमानियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत नवराज पोखरेलले बधाई तथा शुभकामना दिँदै विष्णु माया विभू र सागर घिमिरेलाई नेपाली संस्कृति तथा सद्भावना प्रतिष्ठानको सदस्यता प्रदान गरेका थिए ।

नेपाली संस्कृति तथा सद्भावना प्रतिष्ठानले विभिन्न माध्यमबाट नेपाली संस्कृति तथा परम्परागत विश्वासहरुलाई विश्व सामु प्रस्तुत गर्दै आ-आफ्नो क्षेत्रबाट विशेष योगदान दिँदै आएका विदेशमा बसोबास गर्ने व्यक्तिहरुलाई मानार्थ उपाधिले सम्मान गर्दै आएको छ ।

यस अघि ‘नेपाली संस्कृति तथा सद्भावना राजदूत’ को मानार्थ उपाधिले सम्मान पाउनेहरुमा दिनेश बाला श्रेष्ठ (ईटली), दीपक न्यौपाने (बेल्जियम), निर्मल अर्याल (फ्रान्स), बसन्त रानाभाट (स्पेन), बिजय थापा (अमेरिका), पुरू जोशी (दक्षिण कोरिया), जीवन प्रसाई (स्पेन), डा. एलिनी पोखरेल सुबेदी (पोल्याण्ड), योगिता थापा (बेल्जियम), लक्ष्मी लामा गुरुङ (दक्षिण कोरिया), मदन दवाडी (बेल्जियम), डा. मनमूर्ति भुर्तेल (रसिया), राजन काफ्ले (आयरल्याण्ड) मिलन घिमिरे (थाईलैण्ड) र बालहरि राई (लक्जेम्बर्ग) रहेका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?