Comments Add Comment

सरिता गिरीले संशोधन फिर्ता नलिएपछि समाजवादी संसदीय दलको बैठक बस्दै

३१ जेठ, काठमाडौं । आफ्नै पार्टीकी सांसद सरिता गिरी संविधान संशोधनको विपक्षमा उभिएपछि के गर्ने भनेर छलफल गर्न समाजवादी पार्टी संसदीय दलको बैठक आज बस्दै छ ।

नेपालको नयाँ नक्सा निशानछापमा अध्यावधिक गर्न संविधान संशोधन गरिँदै छ । तर, समाजवादी पार्टीकी सांसद गिरीले त्यसको विरोध गर्दै संविधान संशोधन गर्न नहुने प्रस्ताव संसद सचिवालयमा दर्ता गराएकी छन् । समाजवादी पार्टीले आफ्नो प्रस्ताव फिर्ता लिन गिरीलाई निर्देशन दिए पनि गिरीले मानेकी छैनन् ।

यसबारे छलफल गर्न आइतबार बिहान ११ बजे पार्टीको संसदीय दलको बैठक बोलाइएको समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले जानकारी दिए । ‘यस(सरिता गिरीको संशोधन प्रस्ताव)बारे संसदीय दलको बैठकमा छलफल हुन्छ । निर्णय नभइ के हुन्छ भन्न सक्ने कुरा भएन,’ प्रमुख सचेतक अरगरियाले अनलाइनखबरसँग भने, तर अझै फिर्ता लिने समय छ । हाउसमै पनि फिर्ता लिन सकिन्छ ।’

यसअघि समाजवादी जनता पार्टीले संशोधन फिर्ता नलिए गिरीलाई कारवाही गर्ने चेतावनीसहितको विज्ञप्ति जारी गरेको थियो ।

प्रतिनिधि सभाको शनिबार दिउँसो १ बजे बस्ने बैठकबाट नक्सा सम्बन्धी नेपालको संविधान दोस्रो संशोधन विधेयक पारित गर्ने कार्यसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment