+
+
Shares

सबै देशवासी एक ढिक्का रहेको सन्देश प्रवाह गरौं : साझा पार्टी

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ३१ गते ९:२१

३१ जेठ, काठमाडौं । साझा पार्टीले सरकारविरुद्ध जारी प्रदर्शन स्थगन गर्न आम नागरिकलाई अपील गरेको छ ।

साथै उसले आज संसदबाट नेपालको नयाँ नक्सासहितको निसान छापका लागि संविधान संशोधन गर्न लागिएको ऐतिहासिक दिनमा सम्पूर्ण देशवासी एक ढिक्का रहेको सन्देश अन्तर्राष्ट्रिय जगतमा प्रवाह गर्न पनि आह्वान गरेको छ ।

साझा पार्टीका सहप्रवक्ता शरदराज पाठकले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘साझा पार्टी सम्पूर्ण नेपालीहरूलाई नयाँ नक्सा राख्ने गरी निसान छाप संसोधन गर्ने संसदको ऐतिहासिक निर्णयलाई स्वागत गर्दै राष्ट्रियताको सवालमा संसदभित्र र बाहिरका दलसहित सम्पूर्ण देशवासी एक ढिक्का रहेको सन्देश अन्तर्राष्ट्रिय जगतमा प्रवाह गर्न हार्दिक आह्वान गर्दछ ।’

सरकारले स्वतस्फूर्त प्रदर्शनमा उत्रिएकाहरुले राखेका जायज माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको भन्दै साझा पार्टीले स्वागत गरेको छ । त्यसैले प्रदर्शनलाई केही दिनका लागि स्थगन गरेर सरकारले वाचा अनुरूपका काम गरे नगरेको मूल्यांकन गर्न आम नागरिकलाई साझाले अपीलसमेत गरेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?