Comments Add Comment

सोनु भन्छन्–‘राजनीतिमा लाग्ने कुनै इच्छा छैन’

लक डाउनको समयमा प्रवासी मजदुरहरुलाई उनीहरुको घर पठाउन मद्दत गरेपछि बलिउड कलाकार सोनु सुदको प्रशंसा सामाजिक संजालमा खुबै भयो ।

सोनुल १२ हजार भन्दा बढी प्रवासी मजदुरहरुलाई गाडी, ट्रेन, प्लेनको माध्यमबाट उनीहरुको घर पुर्याउन मद्दत गरेका थिए ।

उनै सोनुले केही दिन अगाडि महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकेरलाई भेट गरेका थिए । ठाकरेसँगको भेटपछि सोनु राजनीतिमा आउन तयार भएको खबर फैलिरहेको छ ।

भारतीय जनता पार्टी मार्फत राजनीतिमा आउने तयारी गरिरहेको खबर फैलिएपछि यस बिषयमा सोनुले जवाफ दिएका छन् ।

सोनुले भने–‘मलाई राजनीतिमा लाग्ने कुनै रुची छैन । मेरो कुनै राजनीतिक दलसँग जोडिने योजना पनि छैन । म जहाँ रहेर आफ्नो काम गरिरहेको छु, त्यही नै ठिक छु ।’

सोनुको सामाजिक कामको चर्चा भएसँगै उनको बायोपिक बन्नुपर्ने माग पनि सामाजिक संजालमा चलिरहेको छ । यो बिषयमा सोनु भन्छन्–‘जब यो काम हुन्छ, म आफैले चलचित्रमा अभिनय गर्नेछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment